kp-oli-in
२० माघ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत माओवादी संविधानसभाको प्रक्रियाबाट बाहिरिएपनि संविधान बनाएरै छाड्ने बताएका छन् ।

पार्टी निटक प्राध्यापकहरुको संगठन प्रगतिशील प्राध्यापक संगठनले आयोजना गरेको कार्यक्रममा उनले प्रक्रियामा प्रवेश गरिसकेकोले अब संविधान निर्माणको काम नरोकिने प्रष्ट पारे ।

उनले अहिले एमालेले संविधान निर्माणका लागि अग्रभागमा रहेर भूमिका निर्वाह गरिरहेको दावी गर्दै मुलुकको लोकतान्त्रिक संविधानका लागि एमालेले अगुवाई गर्ने उल्लेख गरे ।

एमाओवादी मुलुकको जातीय सद्भाव बिगार्न उद्धत रहेको आरोप लगाए । ओलीले राष्ट्रिय एकता, समृद्धि, दीगो शान्ति, जातीय सदभाव र सामाजिक रुपान्तरणका आधारमा नयाँ संविधान बनाउने जिकिर गरे ।

कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष विजयबहादुर सिलवालले नवनिर्वाचित अध्यक्ष डा.यादवप्रकाश लामिछानेलाई पदभार हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खबरहरु