prachanda
२० माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू उधारो सहमति गर्दा गर्दा थाकेको टिप्पणी गरेका छन् ।

उनले शान्ति प्रक्रिया पुरा गर्न र देशमा शान्ति स्थापनाका लागि धेरै लचिलो भएर सबै सम्झौता गरेपनि काँग्रेस एमाले झनै झुकाउने षढयन्त्रमा लागेको भन्दै अब सबै कुराको छिनाफानो आन्दोलनबाट गर्ने चेतावनी दिए ।

राजधानीमा मंगलबार वाईसिएलको केन्द्रीय समितिलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले आन्दोलन गर्छु भन्दा कसैले पनि नपत्याएको भन्दै उनले सडकमा नै भेट्ने उल्लेख गरे ।

भावुक मुद्रामा सम्बोधन गरेका प्रचण्डले भने, ‘तपाईहरु आन्दोलन गर्छौ भन्दा पत्याउनुहुन्न, नेताहरु सुविधानभोगी भए, क्रान्ति गर्दैनन् भन्ने लागेको छ, अब सडकमै भेटौला अनि विश्वास गर्नुहुन्छ ।’

सडकमा टाउकै फुटाउन परेपनि आफू तयार रहेको उनको भनाई थियो । प्रचण्डले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव आएको तर आफूले अस्वीकार गरेको बताउँदै आफूलाई राष्ट्रपति हुनु भएको जेल जानुजस्तै भएको उल्लेख गरे ।

सम्बन्धित खबरहरु