Madhes Pradesh: Ramsaroj and Krishna's candidacy for Congress parliamentary party leader

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ ।

 मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिनुभयो । बिहान ९ देखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताउनुभयो । मधेश प्रदेश सभामा २२ सदस्यसहित कांग्रेस दोस्रो ठूलो दल हो ।

टोलमै पुगेर योजना सम्झौता
गाउँपालिकाले वार्षिक कार्यक्रम बनाएपछि मनबहादुर रानालाई लागेको थियो आफ्नै गाउँको खेलमैदान बनाउने जिम्मेवारी पक्कै पाइन्छ । उपभोक्ता समिति गठन गर्दा मानबहादुर अध्यक्षका दाबेदार हुनुहुन्थ्यो । गाउँकै खेलमैदान भएकाले आफैले नेतृत्व गरेर योजना सम्पन्न गर्ने उहाँको चाहना पनि थियो । बडिगाड गाउँपालिका–२ का मानबहादुरलाई लागेको थिएन उपभोक्ता समितिले यति सजिलै कामको सुरुवात गर्छ भनेर ।

पालिका धाउनुपर्ने, पटक–पटकको झण्झट खेप्नुपर्ने, योजना सम्झौताकै लागि हजारौँ रुपैयाँ खचिनुपर्ने पूर्व तयारी गरेर बसेका मनबहादुर आफ्नै दैलोमा योजना सम्झौता भएपछि दङ्ग हुुनुहुन्छ । उहाँ उपभोक्ता समितिको अध्यक्ष रहेको दनियाँ खेलमैदान निर्माणको योजना सम्झौता आफ्नै टोलमा भएपछि उहाँको समय र पैसा दुवै बचेको छ । त्यतिमात्रै होइन योजना सम्झौताका लागि पालिका धाउनुपर्ने समय उहाँले अब त्यही काममा लगाउनु हुने छ ।

मनबहादुर मात्रै होइन बडिगाडका अधिकांश योजनाका उपभोक्ता समितिले राहत पाएका छन् । बडिगाडले वडा नं २ मा चालु आर्थिक वर्षमा ४८ योजना सञ्चालन गर्दै छ । यस पटक वडाले योजना सम्झौता र बैंक खाताका लागि वडामै चाँजोे मिलाएको थियो । रानाले भन्नुभयोे, “यति कामका लागि पालिका जानुपरेको भए मसहित सचिव र कोषाध्यक्षको गाडी भाडा, खाजा खटनपटनले धेरै नै दुःख हुन्थ्यो, तर वडामा काम बन्यो खुसी लागेको छ, समयसँगै खर्च बच्यो र काम पनि बन्यो, अब योजनाको काम सुरु गर्ने बाटो पनि खुल्यो ।’’

यस्तै यस पटक जिउनिखोला ट्याङ्की निर्माण योजनाको अध्यक्ष रहनुभएका लक्ष्मी रानाले अघिल्लो पटक प्राविधिकको लागत स्टमेन्ट नबुझ्दा खर्च बढ्यो । यस पटक उहाँ सो समस्या जिउनीखोला ट्याङ्की व्यवस्थापन तथा निमार्णमा नहोस् भन्ने हिसाबले काम गर्न चाहनुहुन्थ्यो । त्यसका लागि पनि सोही समयले सहयोग पुगेको छ । उहाँले योजनाको अनुमान र प्राविधिको सल्लाहअनुसार नै यस पटक काम गर्ने बताउनुभयो ।

वडा कार्यलयले पनि बाँकी रहेका केही योजनाको सौम्झौताको काम पुस मसान्तसम्म सक्ने र योजनाको काम चैतभित्रै सक्नेगरी काम थालेको वडाध्यक्ष ढालप्रसाद शेरचनले बताउनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु