काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्दा पिर्काविना लिएको सलामीका तस्बिर भाइरल भइरहेका छन् ।

जनताको छोरी माथिल्लो पदमा पुग्दापनि जनता जस्तै भएको भन्दै सबै तस्बिर सेयर भइरहेका छन् ।

आज उहाँ सरकारी निवासमा सर्नुभएको थियो । आज बिहीवार दिउँसो पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चोक सर्नुभएको हो ।

मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएको छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो ।

सलामी लिने क्रममा पिर्का र रातो कपडा भने राखिएको थिएन । यसअघि "पिर्के सलामी" लिने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।

सम्बन्धित खबरहरु