IS agentकाठमाडौं । अतिबादी संगठन स्लामिक स्टेट (आइएस)ले दुई जनापानी नागरिकसँगै अपहरण गरेका जोर्डनका नागरिकको पनि हत्या गरेको छ ।

आइएसले इन्टरनेट मार्फत सार्वजनिक गराएको भिडियोमा जोर्डनी नागरिक पाइलट मोएज अल कसासबेहलाई पिंजडामा थुनेर जिउँदै आगो लगाएर हत्या गरेको देखाइएको छ ।

उनको हत्याको जोर्डन सरकारले पनि पुष्टी गर्दै अतिबादीहरुको जगन्य र अक्षम अपराधको संज्ञा दिएको छ ।

भिडियोमा उनलाई पिंजडाभित्र थुनेर बाहिरबाट आगो लगाइएको छ । आइएसका विरुद्धको कारबाही अभियानमा संलग्न रहेका पाइलटलाई आइएसले आफ्नो सबैभन्दा ठुलो शत्रु भनेको थियो ।

गत डिसेम्बरको अन्त्यिमा उनले चलाएको प्लेन खसालेर आइएसले उनलाई नियन्त्रणमा राखेको थियो । उनलाई छुटाउन जोर्डनले निकै ठुलो प्रयास गरेको थियो । यो घटनाको विश्व समुदायले पनि घोर निन्दा गरेको छ । एजेन्सीको सहयोगमा ।

सम्बन्धित खबरहरु