Temal Big Water Supply: Being delivered to 9,000 homes next March:

काठमाडौं । काभ्रेपलाञ्चोक, १९ पुस (रासस) आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पु¥याइने भएको छ ।

गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन ।

कोरोनाको पहिलो र दोस्रो लहरका कारण तेमाल बृहत् खानेपानी आयोजनामा असर पुग्नाका साथै गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पु¥याउँदा उक्त आयोजना करिब एक वर्ष पछि धकेलिएको थियो । हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेकाले अबको तीन महिनापछि घरघरमा खानेपानी पु¥याइने उपभोक्ता समतिले जनाएको छ । “आउँदो चैत महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ”, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भन्नुभयो ।

उहाँले आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको र हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको बताउनुभयो । अध्यक्ष लामाका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको र मेनलाइन तथा शाखा लाइनमा पाइप बिछ्याएर घरघरमा धाराका लागि सामग्री वितरण भइरहेको छ ।

प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ । हाल तेमाल गाउँपालिका–१ सस्यूखर्क र आधावाट, वडा नं ७ को चापखोरी, वाडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब नौ सय घरमा खानेपानी पु¥याइएको उहाँले जानकारी दिनुभयो । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजार बासिन्दाका लागि उक्त आयोजना सञ्चालन गरिएको हो ।

पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर पाइप उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौता गरिएकामा सोही अनुसार ३१ किमी पाइप बिछ्याइएको छ । यसैगरी रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरणका लागि याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ ।

आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट हालै रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध गराइएको छ । उक्त आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको अध्यक्ष लामाले बताउनुभयो ।

आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिको तेमाल खानेपानीको मुहान सुनकोसी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले उक्त खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदीकिनार चुखाबेंसीमा गत साउन १७ र १९ गते आएको बाढीले क्षति पु¥याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीमा क्षति हुन नदिन सुरक्षित गरिएको छ । बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी पूर्वाधारमा क्षति पु¥याएको थियो भने करोडाँैका संरचनामा जोखिम हुने स्थितिमा पु¥याएको थियो ।

तेमाल क्षेत्रअन्तर्गत उक्त गाउँपालिकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नं वडाका बासिन्दाले सो खानेपानी उपभोग गर्न पाउने भएका हुन् । विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण काममा निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पु¥याउँदा केही पछि धकेलिएको थियो । अध्यक्ष लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।

खानेपानी विभागले उपलब्ध गराएको रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराउन संरचना बनिसकेका छन् । रासस

 

सम्बन्धित खबरहरु