Two shops were damaged in the fire:

काठमाडौं । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ ।

खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो ।

shops were damaged

आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४ः१५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।

म्याग्देमा दश शय्याको अस्पताल बन्दै
तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो ।

विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । भवन निर्माणको ठेक्का ऋषि शक्ति÷होम निर्माण जेभी कम्पनीले पाएको छ ।

उक्त भवन विसं २०८० जेठ १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कुल लागत रु १० करोड ५० लाख ४२ हजार दुई सय ७५ रहेकामा बोलपत्रमार्फत रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ मा ठेक्का लागेको हो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णयबमोजिम अस्पताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार एचए, दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहनेछ । अस्पताल निर्माण सम्पन्न भएपछि म्याग्दे गाउँपालिकावासीलाई आधारभूत तहको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास लिइएको छ । “मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा परेको सन्दर्भमा यो अस्पतालको सुरुआतसँगै जटिल प्रकारको सेवा सञ्चालनमा जोड दिनेछौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । रासस

 

 

सम्बन्धित खबरहरु