japanजापान ।  जापानमा नक्कली शरणार्थी भिषा लिन प्रेरणा दिने र उनीहरुबाट मोटो रकम असुल्ने ३० बर्षिय एक नेपाली युवा पक्राउ परेका छन् । पक्राउ गरिए पनि उनको नाम भने प्रहरीले गोप्य राखेको जापानी सञ्चारमाध्यमहरुले जनाएका  छन् ।

जापानमा शरणार्थी आबेदन दिएका नेपाली शरणार्थीहरुलाई काम लगाउने धन्दा चलाएर बसेका एक जना नेपाली दलाललाई अध्यगमन बिभागले पक्राउ गरेको थियो । तर, ति व्यक्ति को हुन् भन्ने अहिलेसम्म पत्तालाग्न सकेको छैन ।

शरणार्थी मान्यता पाइनसकेका मुद्दा बिचराधिन १०० जना भन्दा बढी व्यक्तिहरुलाई काम गर्न उत्साहित गरी शरणार्थी नीति विरुद्ध लागेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सन् २०१४ मा मात्र करिब पाँच हजार शरणार्थीहरुको बिचराधिन मुद्धा अझै कायम छ ।

बिगत ५ बर्ष देखि बस्दै आएको शरणार्थीको संख्या ५ गुणा बढेकाले त्यसलाई जापान अध्यागमनले शरणार्थी नीतिलाई दुरुपायोग गरिएको बारेमा अध्ययन गरिरहेको बताइएको छ ।

शरणार्थी प्रणालीलाई दुरुपयोग गरी दलाली गरेको धन्दाको पर्दाफास यो पहिलो घटना हो । २०१० को मार्चमा शरणार्थी नीतिलाई परिमार्जन गरि, आबेदन दिएर ६ महिना पुगेर पनि मुद्दा टुंगो नलागेको अवस्थामा उनीहरुको जापानमा जिबनयापन सहज पार्न काम गर्न पाउने नीति बनाएको थियो ।

मुद्दा पुनराबेदन वा प्रतिवाद गर्ने समयसिमा लम्ब्याउदै जापानमा काम गर्नमात्र शरणार्थी आबेदन दिने समस्या बढेको हुनाले शरणार्थी नीतिलाई पुनरालोकन गर्न आवाज उठाईएको छ  ।

सम्बन्धित खबरहरु