indriver Pathao : काठमाडौं । पठाओ र इनड्राइभ तत्काल बन्द गर्न नयाँ खेल सुरु भएको तथ्य सार्वजनिक भएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पठाओ र इनड्राइभ लगायत राइडसेयरिङ सञ्चालन गरिरहेको रातो नम्बर प्लेटका सवारी साधनहरु तत्काल बन्द गर्न माग गरेको हो । उसको मागलाई सम्वोधन गर्न सरकार तयार रहेको स्रोतको दावी छ ।

निजी प्रयोजनका लागि दर्ता भएका रातो प्लेटका सवारी साधनहरुले भाडामा यात्रु ओसारपसार गरी सार्वजनिक यातायात व्यवसायलाई प्रत्यक्ष असर परेको भन्दै तत्काल नै बन्द गर्न माग गरिएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाईने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ती दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ती प्रयोग गर्न पाईने छैन भन्ने उल्लेख छ ।

यस्तै, सवारी तथा यातायात व्यवस्था नियमावलि २०५४ को दफ १२ (च) मा निजी सवारी साधनले ऐनको दफा ८ (२) विपरित यातायात सेवाको लागि प्रयोग गरेमा दर्ताको प्रमाणपत्र बढिमा ६ महिनाको लागि निलम्वन गर्न सक्नेछ भन्ने कानूनी व्यवस्था भएकोमा निजी प्रयोजनका निम्ती दर्ता भएका अधिकांश सवारीसाधनहरुले कानून विपरित भाडा लिई यात्रु ओसारपसार गर्न प्रयोग गरेको हुँदा यस्ता सवारीसाधनको अनुगमन गरी प्रयोजन विपरित सञ्चालन भएका निजी सवारीसाधनलाई प्रचलित कानून वमोजिम कारवाहीको माग भएको छ ।’

यातायात व्यवस्था विभगालाई देशभर कानूनभन्दा बाहिर गएर सञ्चालन भएको सवारी साधनहरुलाई रोक लगाउन महासंघले माग गरेको छ ।

 

सम्बन्धित खबरहरु