सेना बुझाउनु भयंकर गल्ती भएको प्रचण्डको ठहर

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २१ माघ, २०७१

1-a-prachandaकाठमाडौं, २१ माघ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसवर्षे सशस्त्र युद्धमा निमार्ण गरेका सेना, जनअदालत र मोर्चा सबै बुझाएर निर्वाचनमा जानु आफ्नो तर्फबाट भयंकर गल्ती भएको बताएका छन् । राजधानी दैनिकमा समाचार छ ।
स्थायी शान्ति, समृद्धि र विकासका लागि आफूले कांग्रेस, एमालेसँग उदारता देखाएर निर्वाचनमा गएपनि उनीहरुले भने माओवादीलाई सिध्याउने षडयन्त्र मात्र गरेको अनुभव गरेको समेत उनले बताए ।
पार्टीको लडाकू दस्ता वाईसीएलको केन्द्रीय समिति बैठकलाई पेरीसडाँडामा सम्बोधन गर्दै दाहालले अब आफैँ सर्घषको मोर्चामा कमान्ड सम्हालेर दसवर्षे युद्धका उपलब्धि रक्षा गर्ने बताए ।

सम्बन्धित खबरहरु