काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गर्नुभएको छ ।

पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफ

चीनले पाकिस्तानलाई उपलब्ध गराएको खाद्यान्न हस्तान्तरणका लागि इस्लामावादमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । चीनले पाकिस्तानका बाढी प्रभावित नागरिकलाई सहयोग उपलब्ध गराउँदै आएको छ । सो क्षेत्रका नागरिकलाई चीनले खाद्यान्न, लत्ताकपडा आदि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष आएको बाढीले पाकिस्तानमा ठूलो क्षति पुगेको थियो । बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका थिए ।अहिले पनि ती नागरिकलाई सहयाताको खाँचो रहेको पाकिस्तानले जनाएको छ । चीनले पाकिस्तानलाई गतवर्षदेखि नै सहयोग गर्दै आएको छ ।

नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता
उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् ।

केब्बी राज्यको कोको/बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्ेका छन् । साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा समेत गरेका छन् ।
राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन् । रासस

 

 

सम्बन्धित खबरहरु