१५ लाख कर्जा त्यो पनि बिनाधितो ?

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २१ माघ, २०७१

सुन्दा आकर्षक नारा छ – बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा । सिटिजन्स बैंकले सार्वजनिक गरेको आकर्षक नाराले धेरै बेरोजगार र केही नौलौ उद्यम गर्न चाहनेहरुको ध्यान पक्कै खिच्छ । तर नारा जति आकर्षक भए पनि उनीहरुले यसमा आंखा लाउनु नै बेकार छ, किनभने यो बेरोजगार र केही नौलौ उद्यम गर्न चाहनेहरुका लागि लक्षित नै छैन । तपाईको मासिक एक समानको आम्दानी छ र त्यसलाई बैंकमा जम्मा गरी आम्दानीको कर तिर्नुभएको प्रमाण राख्नु भएको छ भने मात्र यो आकर्षक नारा काम लाग्नसक्छ । नेपालमा आम्दानी गर्ने धेरै ब्यक्तिहरु पनि स्थायी करदाता नम्बर (पान) लिएका छैनन् । आम्दानी गरेर पनि कर नतिरेकाले पनि यो ऋणका लागि आशै नगरे हुन्छ ।

कर्जा योजना सार्वजनिक गर्न आईतबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारीले हाकाहाकी भन्नुभयो– यो कर्जा बेरोजगार र आम्दानी नभएकाहरुलाई हैन । रोजगार ब्यक्तिहरुकै लागि हो । बैंकले ठ्याम्मै १५ लाख दिने हैन् आम्दानीको स्रोत हेरी तीन लाखदेखि १५ लाखसम्म ऋण दिनसक्छ र यसलाई समान मासिक किस्तामा पाँच बर्षसम्म तिर्दै गए हुन्छ । यसमा बार्षिक १३ प्रतिशत चर्को ब्याज लाग्ने छ । अहिले बैंकहरुमा तरलता बढी भएर ७–८ प्रतिशतमा कर्जाको ब्याज दर झरेको बेला सिटिजन्सले ल्याएको कर्जा योजना त्यति पष््रभावकारी नहुनसक्छ तर चर्को आर्थिक समस्या भोगिरहेका ग्राहकले उपयोग गर्नसक्छन् । यस्ता कर्जा योजनाहरुले उत्पादन र रोजगारी बढाउनुको सट्टा बिलासिताका बस्तुहरु उपयोग बढाउनसक्छ । उत्पादन र रोजगारी बढाउने कर्जाहरु जोखिमपूर्ण हुने भएकाले बैंकहरु यस्तै कर्जा योजनाहरुमा बढी केन्द्रित भईरहेका छन् । जागिरे र मध्यमबर्ग लक्षित यस्ता कर्जा योजनाहरुले देशबाट गरिबी र आर्थिक असमानता कम गर्न खासै भुमिका खेल्दैनन्

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७