काठमाडौं । सामाजिक सञ्जालमा एक जोडीको भिडियो चर्चामा छ । उक्त भिडियोमा एक युवती आफ्नो प्रेमीलाई काँधमा बोकेर हिँडेकी छिन् । प्रेमीले मादक पदार्थ सेवन गरेको भन्दै प्रेमिकाले उनलाई उठाएर घर लैजाँदै गरेको बताइएको छ ।

यो भिडियो टिकटकमा भाइरल भइरहेको छ । जानकारी अनुसार घटना नयाँ वर्षको साँझको हो । एक केटी आफ्नो प्रेमीसँग पार्टीमा गएकी थिइन् । तर प्रेमीले यति रक्सी सेवन गरे कि उनलाई हिँड्न गाह्रो भयो । त्यसपछि केटीले काँधमा उठाएर लगेकी हुन् । बाटोको बीचमा केटीलाई देख्ने जो कोही चाकित थिए ।

यो जोडीको ११ सेकेन्डको भिडियो पहिलोपटक टिकटकमा अपलोड गरिएको थियो । भिडियोलाई लाखौँले हेरेका छन् । तर, भिडियोमा स्थान भने खुलाइएको छैन । यो भिडियो नयाँ वर्षको उत्सवको भएको कुरा चाहि खुलेको छ ।

यो भिडियो सार्वजनिक भएको केही समयपछि सामाजिक सञ्जालमा भाइरल भयो । त्यसमा हजारौं मानिसले प्रतिक्रिया दिएका छन् । कसैले ठट्टा गर्दै भने, ‘यस्तो गर्लफ्रेन्ड पाउन मुस्किल छ ।’ केही प्रयोगकर्ताहरूले यो भिडियोलाई प्र्याङ्क भनेका छन् ।

सम्बन्धित खबरहरु