काठमाडौं । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आफू मन्त्री पदमा नरहे पनि पर्यटन क्षेत्रको विकासमा सक्रिय रहने बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद्ले आज आयोजना गरेको बिदाइ कार्यक्रममा उहाँले मन्त्रालयको जिम्मेवारीमा रहेको १७ महिने कार्यावधिमा पर्यटन व्यवसायीबाट धेरै कुरा आफूले सिकेको जनाउँदै धार्मिक पर्यटनलाई समेत ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

मणिभद्र शर्मा कँडे

नेपालमा आउने अधिकांश भारतीय पयर्यटक धार्मिक आस्थाका रुपमा आउने भएकाले पनि हामीले धार्मिक पर्यटनको विकास गर्न जरुरी रहेकामा उहाँले जोड दिनुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र सरकार सफल हुने जनाउँदै कँडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न जरुरी भएको बताउनुभयो । पोखरा क्षेत्रीय विमानस्थललाई सफल सञ्चालनका निम्ति गण्डकीवासीको योगदान महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक काशीराज भण्डारीले पोखरा क्षेत्रीय विमानस्थललाई अन्य विमानस्थलसँग जोड्न सके सफल भइने बताउनुभयो । भारत र चीनबाट मात्र पर्यटक ल्याउन सके पनि यहाँको पर्यटन उद्योग माथि उठ्ने उहाँको भनाइ थियो ।

पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले भ्रष्टाचारकै कारण देशको विकास हुन नसकेको बताउनुभयो । सरकारले ल्याएका कार्यक्रमलाई सरकारकै कर्मचारीले अवरोध सिर्जना गर्ने गरेको गुनासोसमेत भट्टराईको छ । रासस

 

 

सम्बन्धित खबरहरु