काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला लण्डनको रेलमा यात्रा गरिरहेका मानिसहरुको रोचक तस्विर भाइरल भइरहेका छन् । ती तस्विरहरूमा अनौठो कुरा के छ भने मानिसहरू बिना पाइन्ट यात्रा गरिरहेका छन् ।
उनीहरूले अरु सबै कपडा लगाएका छन् । उनीहरूको शरीरमा कोट, शर्ट, जुत्ता, मोजा, कट्टु छ तर पाइन्ट छैन् । यसो गर्ने एक वा दुई जना होइन, संख्या सयौंमा छ ।
आउनुहोस् जानौं आखिर किन मानिसहरूले पाइन्ट लगाउन मानेका छैनन् । हिन्दुस्तान टाइम्सका अनुसार त्यसलाई ‘नो ट्राउजर ट्यूब राइड’ नाम दिइएको छ । यो लगभग २० वर्ष पहिले अमेरिकाको न्यूयोर्क शहरबाट सुरु भएको थियो ।
इम्प्रभ एभरिभियर नामक कमिक प्रदर्शन समूहले यो अभ्यासलाई ठट्टाका रूपमा सुरु गरेको थियो, जसमा सात जना मात्रै थिए । सातै जना सातवटा मेट्रो स्टेशनमा चढे र एकअर्कालाई नदेखेको जस्तो नाटक गरे ।
त्यसपछि यो निकै चर्चामा आएको थियो । त्यसबेलादेखि यो प्रचलन लण्डन, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, रोमानियालगायत विश्वका ६० भन्दा बढी सहरहरूमा सुरु भयो ।
तर, कोभिडका कारण विगत दुई वर्षदेखि त्यस्तो हुन सकिरहेको थिएन् । तर यो वर्ष लण्डनको स्टिफ अपर लिप सोसाइटीले यसको आयोजना गरेको हो । रोचक कुरा के भने यो १२ औं पटक लण्डनमा आयोजना हुँदैछ ।
हिन्दुस्तान टाइम्सका अनुसार यसमा सहभागी हुनका लागि दुईवटा नियम मात्र लागू हुन्छन् । पहिलो रेलमा पाइन्ट लगाउन पाइदैँन्, अर्को अनुहारमा कुनै प्रकारको हावभाव हुनुहुँदैन अर्थात् भावविहीन अनुहार हुनुपर्छ ।