काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले खेलको पहिलो सेट २५–११ ले जित्यो भने दोस्रो सेट २५–१० को जित निकाल्यो । त्यस्तै खेलको तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।

VollyballVollyball

यस जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई खेलबाट ६ अङ्क जोडेको छ । पराजित गण्डकीको भने यो लगातार दोस्रो हार हो ।

त्यस्तै महिलातर्फको समूह ‘ए’ बाट साबिक विजेता न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । च्याम्पियनशिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् ।

च्याम्पियनशिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछन् भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछन् । रासस

 

 

सम्बन्धित खबरहरु