नेपाल स्टक एक्सचेन्जमा सानिमा, ग्लोबल आईएमई बैंकसहित छ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ ।

 स्टक एक्सचेन्जले जनाए अनुसार सानिमा बैंकको ३३ लाख २२ हजार ९ सय ३२ कित्ता, ग्लोबल आईएमई बैंकको ८६ लाख ९७ हजार आठ सय १७ कित्ता, बिजिनेश युनिभर्सल बिकास बैंकको नौ लाख २६ हजार दुई सय ६९ कित्ता, सेन्ट्रल फाईनान्सको एक लाख ७० हजार २ सय १६, भृकुटी बिकास बैंकको नौ लाख ७४ हजार छ सय ५५ कित्ता र अरुण भ्याली हाईड्रोको नौ लाख ९५ हजार ९ सय ८० कित्ता शेयर सुचिकृत भएको हो ।

यी शेयरहरु दोस्रो बजारमा किनबेचका लागि योग्य भएका छन् ।

सम्बन्धित खबरहरु