निस्क्रिय कर्जाले थलिएको सिनर्जी फाईनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा एक सय ११ प्रतिशतले बढेको बित्तीय बिवरण सार्वजनिक गरेको छ । फाईनान्सले निस्क्रिय कर्जालाई साढे २८ प्रतिशतबाट साढे २१ प्रतिशतमा झारेर झण्डै १० करोड रुपैयाँ जोखिम ब्यहोर्ने कोषबाट नाफामा सारेको छ भने २ करोड भन्दा बढी रकम जोखिम ब्यहोर्ने कोषमा राखेको छ ।
फाईनान्सले समस्यामा परेपछि कर्मचारी र संचालन खर्चमा ब्यापक कटौती गरेको देखिएको छ तर संचालन नाफा भने अझै ३ करोडले ऋणात्मक नै छ । फाईनान्सको निक्षेप २ अर्ब ५२ करोडबाट घटेर एक अर्ब ८८ करोडमा र कर्जा २ अर्ब १३ करोडबाट एक अर्ब ५३ करोडमा झर्नु निकै चिन्ताको विषय मान्नुपर्छ ।
४७ करोड चुक्ता पूँजी रहेको फाईनान्सले प्रति शेयर आम्दानीलाई १६ रुपैयाँ पुर्याएपनि लाभांश पाईने आशमा लगानीकर्ताहरु उत्साहित बनिहाल्नु पर्ने अबस्था भने छैन् ।