काठमाडौं । भारत, उत्तर प्रदेशको हापुरमा एक ९ वर्षीय बालकले ११२ मा फोन गरेर प्रहरीलाई बोलाए । तर घर पुगेपछि उनले प्रहरीलाई जुन कारणले बोलाएका थिए त्यो थाहा भयो । प्रहरीका अनुसार बच्चाकी आमाले बारम्बार चिसोमा नुहाउन भनेपछि उनले प्रहरी बोलाएका हुन् ।

पहिले आमाबाबुले आफ्नै तरिकाको कपाल काट्न नदिएको आरोप पनि उनले लगाए । त्यसपछि नुहाउन दबाब दिइरहेको बालकको गुनासो थियो । चिसो नुहाउन मन नपर्ने मान्छेहरू धेरै हुन्छन् । तपाईंको वरिपरि पनि कोही हुनुपर्छ ।

कतिपय मानिसहरु जाडो होस् या गर्मी हरेक मौसममा चिसो पानीले नुहाउने गर्छन् । तर कतिपय मान्छेहरू जाडोमा पानी तताएर पनि नुहाउने गर्दछन् । जब प्रहरीले सबै कुरा थाहा पायो, तब बच्चालाई राम्ररी सम्झायो ।

नुहाउँदा शरीर स्वस्थ रहने भएकाले बुबाआमाले तिम्रो भलाईका लागि यस्तो भनिरहेका छन् भनेर बालकलाई सम्झाइयो । प्रहरी बालकलाई बुझाउन सफल भयो ।

सम्बन्धित खबरहरु