काठमाडौं । कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो ।

सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप नियन्त्रणका प्रवक्ताले बिहीबार बताउनु भएको छ ।

मृत्यु बाहेक, चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन समिति (एनसीडिएम)का प्रवक्ता सोथ किम कोल्मोनीले बताउनु भएको छ । उहाँ चट्याङ लाग्नबाट जोगाउने जनचेतनामा कमी आएको जानकारी दिनु भएको छ ।

चट्याङ लागेर ६३ जनाको मृत्यु

‘चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले हावाहुरी वा वर्षा हुँदा घर वा आश्रयमा बस्नुपर्छ,’ उहाँले सिन्ह्वालाई भन्नु भएको छ । (चट्याङ लागेर त्रिसट्ठी जनाको मृत्यु)

एनसीडीएमले उच्च जोखिममा रहेका प्रान्तहरुको वास्तविक आवश्यकताहरुको समीक्षा र मूल्याङ्कन गर्न भ्रमण गर्ने र ती प्रान्तहरूमा बिजुली संरक्षण उपकरणहरू स्थापना गर्नुअघि स्वीकृतिको लागि नेताहरूलाई जानकारी गराउने उहाँँले बताउनु भएको छ । प्रवक्ताका अनुसार मेदेखि अक्टोबरसम्म वर्षायाममा चट्याङ लाग्ने गरेको छ । रासस

 

 

सम्बन्धित खबरहरु