काठमाडौं । यतिबेला नेपालसहित धेरै ठाउँ चिसोको चपेटामा परेको छ । देशभर चिसो बढेको छ । देशको राजधानीको तापक्रम बिहान ३ डिग्रीभन्दा तल झरेको हुन्छ ।
चिसोबाट बच्न मानिसहरु केसम्म गर्दैनन् । क्षमता अनुसार चिसोबाट बच्न न्यानो कपडादेखि रुममा हिटर बाल्नेसम्मका विभिन्न उपाय मानिसहरूले अपनाइरहेका हुन्छन् । सबैभन्दा सजिलो उपाय न्यानो लुगा लगाउनु नै हो ।
तर चिसो यति धेरै छ कि न्यानो लुगा पनि कम परिरहेको हुन्छ । चिसोबाट बच्न मानिसहरु शरिरमा धेरै कपडा लगाउँछन् । तर कति धेरै लगाउँछन् ?
सामाजिक सञ्जालमा यससँग सम्बन्धित एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा एकजना मानिसले चिसोबाट बच्न एक–दुई होइन २० वटाभन्दा बढी लुगा लगाएका छन् । यसको भिडियो निकै हेरिएको छ ।
शिवम नामका प्रयोगकर्ताले भिडियो साझा गरेका छन् । साथमा उनले लेखे, ‘गन्ती गरेर भन, चिसोबाट बच्न बल्लीले शरीरमा कति कपडा लगाएका छन् ?’
भिडियो हेरेपछि मानिसहरूले यसबाट कडा चिसो छल्न सक्ने कुरा उल्लेख गरिरहेका छन् । भिडियो लाखौं पटक हेरिएको छ । मानिसहरुले उक्त भिडियोलाई व्यापक साझा गरेका छन् ।
भिडियो हेरेर मानिसहरु रमाइलो लिइरहेका छन् । धेरै चर्चित व्यक्तिहरूले भिडियोलाई पुनः साझा गरेका छन् । आईपीएस अधिकारी आरके विजले टुन्द्रामा पनि त्यति चिसो नभएको लेखेका छन् ।
गिनती गिनकर बताएं, बल्ली ने ठंड से बचने के लिए कितने कपड़े तन पर चढ़ाए?
🤣 pic.twitter.com/s2fPqNLisk— Shivam Bajpai (@JBreakingBajpai) January 9, 2023