काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक चौथो बर्ष बी.बी.एस.को नतिजा सार्वजनिक गरेको हो ।

त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुले आज बी.बी.एस. चौथो बर्षको नतिजा प्रकाशित गरेको छ सूचनामा भनिएको छ । हेर्ने तरिका सूचनाबाट थाहा पाउनुहोस् । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गर्नुहोस् ।

स्ववियु निर्वाचनका लागि नेविसङ्घद्वारा दुई समिति गठन
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि दुई समिति गठन गरेको छ ।

सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनमा नेविसङ्घलाई जिताउनका लागि आज घोषणापत्र तयारी समिति र प्रचारप्रसार समिति गठन गर्नुभएको हो ।

अध्यक्ष शेर्पाका अनुसार घोषणापत्र तयारी समितिको संयोजकमा सङ्घका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व (तनहुँ) र प्रचार–प्रसार समितिको संयोजकमा डा सन्तोष उपाध्याय (ललितपुर) रहनुभएको छ ।

दुई समितिलाई नै निर्वाचनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यकतानुसार समन्वय गरी समिति विस्तार तथा उपसमिति गठन गर्ने अधिकारसमेत दिइएको छ ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरी विद्यार्थीको हकहितको रक्षा र सम्मान गर्न नेविसङ्घ तयार रहेको बताउनुभयो । उहाँले समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगारको अवस्था सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएको ढिलासुस्ती र नीतिगत कठिनाइलाई चिर्न स्ववियु निर्वाचन आवश्यक रहेको बताउनुभयो ।

गत पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । विस २०७३ चैत १५ गते केही आङ्गिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ सालदेखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको थिएन ।

 

सम्बन्धित खबरहरु