काठमाडौं । लोक सेवा आयोगका विभिन्न सूचनाहरु प्रकाशित भएका छन् । केन्द्रीय कार्यालय, कमलपोखरी, सूचना तथा प्रकाशन शाखाले विज्ञापन जारी गरेको हो ।

राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) पदहरुको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना जारी गरिएको हो ।

जारी सूचनामा भनिएको छ, ‘जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाबाट पूर्ति गर्नुपर्ने राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा वा सो सरहका निम्नलिखित सेवा/समूह/उपसमूहका पदहरुका लागि निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन) को दफा २४घ१क तथा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १४ को उपदफा ४ बमोजिम सम्भाव्य उम्मेदवारहरुले लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई मिति २०७९/११/०२ सम्ममा सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिनुहुन सूचना गरिन्छ । म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । दरखास्त फाराम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।’

उम्मेदवारहरुले दरखास्त दिँदा ध्यान दिनुपर्ने विषयहरु

(क) निजामती सेवा ऐन, २०४९ को दफा २१ बमोजिम बढुवाकोे लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि पुगेको हुनुपर्ने र सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा कम्तीमा एस.एल.सी. वा सो सरहको शैक्षिक योग्यता भएको हुनुपर्नेछ ।

(ख) निजामती सेवा ऐन, २०४९ को दफा २२ बमोजिम बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्नेछ ।

(ग) निजामती सेवा नियमावली, २०५० को नियम ७६, नियम ८८ बमोजिम उम्मेदवार हुनेको हकमा सो नियममा उल्लेख भए बमोजिम योग्यता पूरा भएको हुनुपर्नेछ ।

(घ) निजामती सेवा ऐन, २०४९ को दफा २४ को उपदफा ३ बमोजिम सम्भाव्य उम्मेदवारको कार्यसम्पादन मूल्याङ्कन वापत अंक गणना गर्दा असार मसान्तसम्मको हिसाबले र अन्य अंकको गणना गर्दा विज्ञापन प्रकाशन गर्दा तोकिएको दरखास्त दिने अन्तिम मिति सम्म हासिल गरेको अंक गणना गरिनेछ ।

(ङ) दरखास्त फाराम भर्दा निजामती किताबखानाबाट आफूले पाएको संकेत नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।

(च) समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

(छ) दरखास्त फारामको सम्पूर्ण महलहरुमा उल्लेख भए बमोजिमका विवरणहरु स्पष्ट खुलाउनु पर्नेछ ।

(ज) दरखास्त दस्तुर रु. ७०० ।– (सात सय) बुझाउनु पर्नेछ

यस्तै, निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवातर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली www.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ ।

सम्बन्धित खबरहरु