काठमाडौं । भारत, हरियाणा, फतेहाबादको एक अदालतले प्रसिद्ध जलेबी बाबालाई १४ वर्ष जेल सजाय सुनाएको छ । बाबालाई बलात्कार प्रकरणमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको हो । बिल्लुराम उर्फ ​​अमरपुरीविरुद्ध उक्त सजाय सुनाइएको भारतीय संचारमाध्यमहरुले जानकारी दिएका छन् ।

अदालतले बाबालाई १४ वर्ष कैद, ३५ हजार जरिवाना, ३७६सी मा ७–७ वर्ष, पोक्सो ऐनमा १४ वर्ष र ६७ आईटी ऐनमा ५ वर्षको सजाय सुनाएको छ । उनीमाथि सबै सजाय एकसाथ चल्ने बताइएको छ । तर अदालतले बाबालाई हतियार ऐनमा भने सफाइ दिएको छ ।

जलेबी बाबामाथि महिलाहरूलाई पेयपर्दाथमा नशालु चक्की खुवाएर बलात्कार गरेको आरोप लागेको थियो । बाबाले उनीहरूलाई ब्ल्याकमेल पनि गर्थे । बाबा अमरपुरी उर्फ ​​जलेबी बाबालाई अदालतले जनवरी ५ मा दोषी ठहर गरेको थियो ।

६ तारिखमा बहसपछि सजायको घोषणा गर्ने मिति तय गरियो । गत जनवरी ९ मा सजायको विषयमा बहस भएको थियो । तर जनवरी १० मा अदालतले फैसला सुनायो । त्यस क्रममा बाबा अदालतमा धेरै रोए । उनले न्यायाधीश समक्ष दयाको भिख मागिरहेका थिए ।

बाबाका १२० भन्दा बढी अश्लील भिडियोहरु सार्वजनिक भएका थिए । उक्त मुद्दामा ६ जना पीडित महिलाले अदालतमा बाबाविरुद्ध बयान दिएका थिए । तर पछि तीन पीडितको बयानका आधारमा अदालतले बाबाविरुद्ध उक्त फैसला सुनाएको हो ।

१९ जुलाई, २०१८ मा, टोहाना शहर प्रहरीले तत्कालीन स्टेशन इन्चार्ज प्रदीप कुमारको उजुरीको आधारमा बाबा बालकनाथ डेराका बाबा बिल्लुराम, ​​अमरपुरी उर्फ ​​जलेबी बाबाविरुद्ध आईपीसीको गम्भीर धारा अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको थियो ।

जानकारी अनुसार प्रदीप कुमारको मोबाइलमा एक जनाले प्रमाणका रुपमा जलेबी बाबाको अश्लील भिडियो पठाए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्दा साथबाट १२० वटा भिडियो फेला पार्यो । भिडियोमा उनी महिलासँग शारीरिक सम्बन्ध राखिरहेका थिए ।

प्रहरीले सोधपुछ गर्दा बाबाले आफूकहाँ आउने महिलालाई चियामा नशालु पर्दाथ दिएर मोबाइलबाट भिडियो बनाएको बताए । त्यसपछि सोही भिडियो देखाएर उनले महिलाहरुलाई पटकपटक ब्ल्याकमेल गर्थे । उनीहरुबाट पैसा पनि असुलेको खुलेको छ ।

बाबामाथि आरोप लगाउँदा गाली खाने डरले महिलाले कसैलाई केही भन्न सक्दैन्थे । १३ अक्टोबर, २०१७ मा, एक महिलाको उजुरीमा, आईपीसीको धारा ३२८, २७६, ५०६ मा उनीविरुद्ध शहर प्रहरी टोहानामा उजुरी दर्ता गरिएको थियो ।

त्यसपछि सन् २०१८ मा तत्कालीन एसएचओको उजुरीमा मुद्दा दर्ता भयो । मुद्दा दर्ता गरेपछि घटनास्थलबाट चिमटा, खरानी, ​​विभूति, लागुऔषध चक्की, भिसिआर लगायतका सामान पनि बरामद भयो ।

करिब २० वर्षअघि उनी पञ्जाबको मानसा जिल्लाका अमरवीर तोहाना आएका थिए । त्यहाँ आएपछि उनले टोहानाको नेहरू बजारमा जलेबीको पसल लगाए ।

जलेबीको व्यापार राम्रै चलेपछि गजरेला आदि बनाउन थाले, उनी काम बढाउँदै गए । पसलको नाम अमरवीर पञ्जाबी गिफ्ट्स थियो । त्यो व्यवसाय १० वर्ष राम्रो चल्यो । सोही क्रममा उनकी श्रीमतीको मृत्यु भयो । परिवारमा चार छोरी र दुई छोरा थिए ।

त्यस बीचमा पञ्जाबबाट एक तान्त्रिक आएको बताइन्छ । उनले अमरवीरलाई तान्त्रिक विद्या सिकाएको धेरैको विश्वास छ । त्यसपछि अमरवीर दुई वर्षसम्म तोहानाबाट हराए ।

तर पछि उनी टोहाना फर्किए, वडा नम्बर १९ मा घर लिए । त्यहाँ उनले बाबा बालकनाथको नाममा मन्दिर पनि बनाए । आफ्नो घर बनाएर बच्चाहरुसँग बस्न थाले ।

त्यसपछि अमरवीरले आफ्नो नाम बदलेर अमरपुरी राखे । भक्तजनको दुःख र कष्ट हटाउन बाहिर बोर्ड राखेर बसे । त्यसपछि तान्त्रिक विद्याको जादू सुरु भयो, मान्छेको भीड जम्मा हुन थाल्यो ।

त्यसपछि भेटी पनि बाबाकहाँ आउन थाल्यो । यसबीचमा उनले पञ्जाबमा छोरीसहित ६ सन्तानको विवाह गर्दिए । त्यसपछि उनका सबै छोराछोरी पञ्जाबमा बस्न थाले तर उनी भने त्यहाँ बसिरहेका थिए ।

सम्बन्धित खबरहरु