काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोपमा नौ महिना भन्दा धेरै समय जेल काटेका क्रिकेटर सन्दीप लामिछानेले छिटै क्रिकेट मैदान फर्किने बताएका छन् । २० लाख धरौटी तिरेर थुनामुक्त भएका उनले एकदमै राम्रोसँग खेल मैदानमा उत्रने बताएका हुन् ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश जारी गरेका थिए । तर यो मुद्दाको टुंगो भने लागेको छैन् ।
बलात्कारको आरोपमा पक्राउ परेपछि नेपाली टोलीका कप्तान समेत रहेका उनलाई नेपाल क्रिकेट संघ ९क्यान० ले निलम्बन गरेको थियो । लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले छलफल गरिरहेको छ ।
क्यानले यो विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० सँग पनि सुझाव माग्ने तयारी गरिरहेको छ । त्यसपछि मात्र क्यानले निर्णय गर्नेछ । थुनामुक्त भएपछि सन्दीपले क्रिकेट भन्दा पहिले केही समय परिवारसँग समय बिताउने जानकारी गराएका छन् ।