काठमाडौं । दुर्लभ कश्यपको नाम धेरैले सुनेको हुनुपर्छ । मध्य प्रदेश, उज्जैनमा कोहिनूर गिरोहको प्रमुख समातिए । त्यो गिरोहले सुपारी लिएर मान्छे मार्ने गर्दथ्यो । उनीहरू सामाजिक सञ्जालमा पनि निकै सक्रिय भएको खुल्यो ।

यसबीच भारत, बिहारमा यस्तै एउटा गिरोह सक्रिय रहेको कुराको पर्दाफास भएको छ । बिहार प्रहरीले ‘किंग्स अफ कालिया’ नामक गिरोहका सदस्यलाई पक्राउ गरेको छ । बिहारको दानापुर प्रहरीले कालियाको राजा नाम गरेको गिरोहका सात सदस्यलाई पक्राउ गरेको हो ।

यो गिरोह सामाजिक सञ्जालमा निकै सक्रिय थियो । गिरोहले सामाजिक सञ्जालमार्फत मानिसबाट सुपारी लिने गरेको थियो । गिरोहका सात सदस्यले ‘किंग्स अफ कालिया’ नामको ह्वाट्सएप ग्रुप पनि बनाएका थिए । समूहको स्टेटसमा ‘हत्याका लागि सम्पर्क’ लेखेको थियो ।

गिरोह युट्युब र अन्य सामाजिक सञ्जालमा पनि सक्रिय थियो । घटनाबारे जानकारी दिँदै दानापुरका प्रहरी अधिकृत अभिनव धिमानले भने, ‘बुधवार, जनवरी ११ गते राति, कालिया गिरोहका राजाका सदस्यहरूले ठूलो अपराध गर्ने योजना बनाएको सूचना प्रहरीलाई प्राप्त भयो ।’ अभिनव धिमानका अनुसार यो जानकारी पाएलगत्तै प्रहरी अधिकारीलाई जानकारी गराइयो । त्यसका लागि टोली गठन भयो ।

गिरोहका सबै सदस्यलाई पक्राउ गर्न निर्देशन दिइएको छ । उनीहरुबारे सूचना पाएलगत्तै दानापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी बलसहित दानापुर सहकारी बैंक पुगे । त्यहाँ प्रहरीले अपराधीलाई पक्राउ गरेको थियो । पक्राउ परेको गिरोहका साथबाट एक थान भारतीय पेस्तोल, दुई थान कारतूस, नगद भारु १२ हजार, मोबाइल फोन र एक मोटरसाइकल पनि बरामद गरिएको छ ।

गिरोहका सदस्यहरूले कुनै पनि घटनाका लागि व्यक्तिसँग सम्पर्क गरेर सुपारी लिने गरेको खुलेको छ । यस सम्बन्धमा प्रहरी थप अनुसन्धानमा जुटेको छ । प्रहरीले गिरोहका सदस्यले हालसम्म गरेका अपराधको पनि खोजी गरिरहेको छ । जानकारी अनुसार गिरोहका सदस्यहरूले कुनै ठूला आपराधिक घटना गराउने योजना बनाइरहेका थिए ।

सम्बन्धित खबरहरु