काठमाडौं । मानव जीवनमा विवाहको आफ्नै महत्व छ । विवाहलाई लिएर सबैको मनमा फरक–फरक उत्साह हुन्छ । कोही हेलिकप्टरबाट आउँछन् त कोही बयलगाडीमा आफ्नो विवाहलाई यादगार बनाउन भन्दै आउँछन् । तर हामी यस्तो विवाहको बारेमा कुरा गर्दैछौं, जुन मानिसहरूका लागि उदाहरण बनेको छ ।

वास्तवमा, भारत, महाराष्ट्रको बुलढाना जिल्लामा विधवा भाउजूसँग देवरले बिहे गरेका छन् । उक्त बिहेको चर्चा पूरै क्षेत्रमा भइरहेको छ । त्यहाँको वानखेड गाउँका एक व्यक्तिको मृत्युले श्रीमती र दुई छोराछोरीको सहारा टुटेको थियो । त्यो देखेर परिवारका सदस्य र आफन्तले मृतकका कान्छा भाइ हरिदास दमधरलाई विधवा भाउजूलाई बिहे गर्न भने ।

हरिदासले पनि समाज र संसारको परवाह नगरी सबैको कुरालाई सम्मान गर्दै आफ्नी भाउजूसँग विवाह गर्न राजी भएका हुन् । भाउजूबाट पनि सकारात्मक जवाफ आएपछि यो विवाह गरिएको थियो । त्यसपछि भाउजू र देवर श्रीमान्–श्रीमतीको सम्बन्धमा बाँधिएका हुन् । यो आदर्श विवाहमा जन्तीको पनि सहभागिता रहेको थियो । यतिबेला धेरैले हरिदास डमधरले चालेको कदमको ह्रदयदेखि प्रशंसा गरेका छन् ।

भाउजूसँग बिहे गरेका हरिदास डमधरले भने, ‘मेरो दाई बितेको डेढ वर्ष भयो । उनका २ सन्तान छन् । मेरो आमाबुवाले निर्णय लिनुभयो र मलाई मेरी भाउजूसँग विवाह गर्न भन्नुभयो, ताकि उनी र छोराछोरीले साथ पाउन सकून् । बुबाआमा र साथीभाइले लिएको निर्णय सहि लाग्यो र भाउजू र छोराछोरीलाई राम्रो होला भन्ने लाग्यो । त्यहीँ भएर मैले बिहे गर्न हो भनें । म मेरो यो निर्णयबाट धेरै खुसी छु ।’ तर सामाजिक सञ्जालमा भाउजू आमाको रुप भएको भन्दै आलोचना भइरहेको छ ।

सम्बन्धित खबरहरु