काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनले कोरोना महामारीको विषयमा सूचना उपलब्ध गराउन भन्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा चीनसँग कोरोनाको सूचनाबारे छलफलउहाँले चिनियाँ स्वास्थ्य अधिकारीसँग शनिबार गर्नुभएको कुराकानीमा सो कुरा बताउनुभएको समाचारमा जनाइएको छ ।

चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रस आधनम ग्याब्रियसले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओइसँग कुराकानी गर्नुभएको हो ।


उहाँले दिनुभएको जानकारीअनुसार विश्व स्वास्थ्य सङ्गठनका प्रवन्ध निर्देशक ग्याब्रियसले चीनमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरसका बारेमा विश्व स्वास्थ्य सङ्गठनका साथै बाहिरी विश्वलाई पनि सूचना उपलब्ध गराउनु भन्नुभएको थियो ।

उता निर्देशक सियाओइले भने चीनले यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै कोरोनाका बारेको सूचना उपलब्ध गराउँदै आएको बताउनुभएको थियो । निर्देशक सियाओइले चीनले नै सबैभन्दा बढी कोरोनाको उपचार, यसको भाइरसका साथै अन्य उपचारसम्बन्धी सूचनाहरु सुरुदेखि नै उपलब्ध गराउँदै आएको जानकारी सो अवसरमा दिनुभएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन र अरु देशहरुले पछिल्लो समयमा चीनमा फैलिएको कोरोनाको सूचना उपलब्ध नगराएको आरोप लगाउँदै आएको छ ।तर चीनले पनि यस सङ्क्रमणका विषयमा कुनै पनि सूचना नलुकाएको र सबै सूचनाहरु उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।

त्यस अवसरमा चीनले विश्व स्वास्थ्य सङ्गठनसँग मिलेर काम गर्ने र यस विषयमा सूचनाका साथै उपचार व्यवस्था र अन्य प्राविधि विषयमा सूचना आदान प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

साथै महानिर्देशक ग्याब्रियसले कोरोना भाइरसको नियन्त्रणका लागि गर्दै आएको प्रयासका साथै यससम्बन्धी विविध प्राविधिक सूचनाहरु आदानप्रदान गर्दै आएकामा चीनको प्रशंसा गर्दै आउनुभएको थियो । रासस

 

 

सम्बन्धित खबरहरु