काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।

सभापति देउवा

सभापति देउवाले दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन कांग्रेसका स्थानीय कार्यकर्तालाई निर्देशन दिनुभएको छ । विमान दुर्घटनामा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए ।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो ।

रु तीन करोडको लगानीमा कालिज फार्म
जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पाल्नुभएको हो ।

करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर रु तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताउनुभयो । केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उहाँको सोच रहेको छ ।

कालिजको अण्डालाई ह्याचरी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा छ महिना लाग्छ, उहाँले भन्नुभयो, “उत्पादन भएको अण्डा यही खपत हुने गरेको छ ।”

कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । जसले गर्दा कालिज अग्र्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ । प्रतिभाले कालिज रु दुई हजार पाँच सय र पोथी रु एक हजार आठ सयमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । अण्डाको प्रतिक्रेट रु नौ सयमा बिक्री हुन्छ । उहाँले भन्नुभयो, “फार्ममा दैनिक एक हजार पाँच सयसम्म अण्डा उत्पादन हुँदै आएको छ ।”

अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् । ठूलो लक्ष्यका साथ काम गरिएको हँुदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताउनुभयो । सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु