काठमाडौं । भारत, सिक्किम प्रहरीको दंगा विरोधी प्रहरीमा तैनाथ इक्षा सुब्बा हिन्दी सिनेमामा प्रवेश गर्ने भएकी छिन् ।

अमेरिकाको चर्चित कमिक्स कम्पनी ‘डीसी कमिक्स’ मा ‘वन्डर वुमन’ नामको सुपरहिरो छिन् । वन्डर वुमन, त्यस्तो एक महिला हुन्, जससँग अद्भुत शक्ति हुन्छ ।

उनी काल्पनिक पात्र भए पनि भारतमा यस्तै महिला छिन्, जो आफ्नो काम र लगनले वन्डर वुमन भनेर चिनिएकी हुन् । आज हामी सिक्किमकी यस्तै एक ‘वन्डर वुमन’ को बारेमा बताउन गइरहेका छौँ, जो पेशाले प्रहरी भए पनि साथमा उनले अन्य कैयौं पात्र पनि निभाएकी छिन् ।

ईक्षा सुब्बा उर्फ ​​इक्षा केरुङ सन् २०१९ देखि १९ वर्षको उमेरमा सिक्किम प्रहरीमा भर्ना भएकी थिइन् । आफ्नो जिम्मेवारी राम्ररी पूरा गरिरहे पनि उनले आफूलाई एउटा क्षेत्रमा मात्र बाँधेकी छैनन् ।

प्रहरी हुनुको साथसाथै उनी सुपरमोडल पनि हुन् । किनभने मोडलिङ उनको सपना हो । सोही कारणले गर्दा उनले एमटीभी सुपर मोडल अफ द इयर सिजन–२ मा पनि भाग लिएकी थिइन्, जहाँ उनले अभिनेत्री मलाइका अरोराबाट निकै प्रशंसा पाएकी थिइन् ।

यदि तपाईं इक्षाबाट प्रभावित हुनुभएको छ भने पर्खनुहोस्, किनकि हामीले यी महिलालाई ‘वन्डर वुमन’ त्यसै भनेका होइनौँ । मोडलिङका साथै उनी बाइक र बक्सिङमा पनि निकै रुची राख्छिन् ।

यसरी सुब्बाले महिला, जे पनि गर्न सक्छन् भन्ने कुरा मानिसहरूलाई बताउन सफल भएकी छिन् । आफ्नो गाउँमा बक्सिङको कक्षा चल्ने गरेको उनले बताइन् ।

उनका बुवाले उनलाई फिट हुनको लागि त्यहाँ पठाएका थिए । तर बिस्तारै उनी बक्सिङलाई यति धेरै मन पराउन थालिन् कि उनले बक्सिङमा भविष्य निर्माण गर्नेबारे सोचिन् ।

त्यसैगरी उनले मोटरसाइकलप्रतिको लगाव पछाडिको कथा पनि सुनाइन् । उनका बुबाले भाइलाई मोटरसाइकल चलाउन सिकाउँदा उनी पनि नजिकै थिइन् । बुबाले पनि उनलाई पनि मोटरसाइकल दिएर चढ्न प्रेरित गरेको उनले याद गरिन् ।

यसरी इक्षा, आफ्नो दुवै चाहनाको श्रेय बुबालाई दिन्छिन् । भारतीय अर्बपति आनन्द महिन्द्राले पनि उनको प्रशंसा गरेका थिए । उनलाई दुई लाख भन्दा धेरैले सामाजिक सञ्जाल इन्स्टाग्राममा फलो गर्छन् ।

उनले आफ्नो इन्स्टाग्राममा मोडलिङका अद्भूत गरिरहेकी हुन्छिन् । खेतीपाती परिवारबाट आएकी इक्षाले पाएको सफलता धेरैका लागि एक उदाहारण हुन सक्छ ।

सम्बन्धित खबरहरु