काठमाडौं । नेपालसँग सीमा जोडिएको भारत, बिहारमा प्रारम्भिक उत्खननका क्रममा सुन, लिथियम, म्याग्नेटाइट, कोइला र केही दुर्लभ सामग्रीको भण्डार फेला परेको बताइएके छ ।

उक्त सम्भावनापछि, सरकारले सम्भावित क्षेत्रमा थप उत्खनन गर्ने निर्णय गरेको हो । बिहारका अतिरिक्त मुख्य सचिव सह खनिज आयुक्त हरजीत कौर बुमराहले समाचार एजेन्सी पीटीआईलाई गयाको अजयनगरमा सुनको खोजीमा गरिएको प्रारम्भिक खननको आधारमा थप खानी हुने तीन क्षेत्रहरू पहिचान गरिएको बताए ।

उनले भने, ‘जमुई जिल्लाको परमानिया–टेटारिया क्षेत्र वरपर भेटिएका नमूनामा ‘लिथियम’ र त्यससँग सम्बन्धित रणनीतिक खनिजको सम्भावनाको खोजीमा विश्लेषण भइरहेको छ ।’

उनले थप्दै भने, ‘प्रारम्भिक उत्खननको नतिजा आएपछि राज्यका केही क्षेत्रमा सुन, लिथियम, म्याग्नेटाइट, कोइला र अन्य दुर्लभ धातुको भण्डार हुन सक्ने सम्भावना बलियो भएको छ ।’

इनार खन्ने क्रममा सुन जस्तो देखिने पदार्थ बाहिर निस्किएपछि राज्यले हस्तक्षप गरेर उक्त क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । त्यहाँ थप खोजीका लागि उत्खनन गरियो । पहिलो चरणमा खानी नै रहेको प्रमाणित भएपछि अब व्यवसायीक उत्पादनका लागि नै निकाल्नेगरी दोस्रो चरणको उत्खनन सुरु हुने भएको छ ।

सम्बन्धित खबरहरु