काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चाँडै हुने जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पहिलोपटक सम्पादकहरूसँग छलफल गर्नुभएको थियो । सोही बेला उहाँले यो विषयको खुलासा गर्नुभएको हो । भारत भ्रमणका लागि दूतावासले समन्वय गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

उहाँले आज बेलुकीसम्म सरकारले पूर्णता पाइसक्ने, राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि कांग्रेसहितको सहमति खोज्ने प्रयासमा आफू लागेको बताउनुभएको थियो ।

तर दु:खद दुर्घटनाका कारण आज सरकारले पूर्णता पाउन सकेन । भोलिपनि शोक बिदा भएकाले सम्भवत मन्त्रीहरुको नियुक्ति हुनेछैन ।

 

सम्बन्धित खबरहरु