वि.सं. माघ ०३, २०७९ ई.सं. 17 Jan, 2023 शक संवत् १९४४ नेपाल संवत् ११४३ पोहेलागा नल उत्तरायण शिशिर मंगलवार माघ कृष्णपक्ष तिथि दशमी , १२:५३ बजे उप्रान्त एकादशी नक्षत्र विशाखा , १४:२२ बजे उप्रान्त अनुराधा योग गण्ड , २६:२८ बजे उप्रान्त वृद्धि करण भद्रा १२:५३ बजेदेखि वव , २४:१३ बजे उप्रान्त तैतिल चन्द्रराशि तुला आनन्दादि योग श्रीवत्स दिनमान २६।२२ सूर्योदय ६:५८ सूर्यास्त १७:३०
मेष राशि : आज तपाईको व्यापारिक प्रयास फलदायी हुनेछ। सत्तामा सुख मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ । व्यावसायिक वा शैक्षिक क्षेत्रमा अझै गम्भीर हुनुभएन भने आगामी दिनमा थप घाटा बेहोर्नु पर्ने हुनसक्छ ।
वृष राशि : ध्यान र योग तपाईका लागि आध्यात्मिक मात्र नभई शारीरिक रूपमा पनि लाभदायक साबित हुनेछ। बोल्दा र आर्थिक लेनदेन गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । तपाईको धेरैजसो समय साथीभाइ र परिवारसँग बित्नेछ।
मिथुन राशि : आजको दिन तपाईको लागि राम्रो रहनेछ। यदि तपाइ सानो स्तरमा कुनै काम सुरु गर्दै हुनुहुन्छ भने, तपाइ पछि लाभ लिन सक्नुहुन्छ। महिला उद्यमीहरूले लाभ लिन सक्छन्। व्यापारको सिलसिलामा यात्राको योजना बनाउन सकिनेछ ।
कर्कट राशि : आज तपाईका नजिकका व्यक्तिहरूले तपाईको व्यक्तिगत जीवनमा समस्या सिर्जना गर्न सक्छन्। तपाईले पैसा लिनु पर्ने मानिसहरूबाट आलटाल हुन्छ। व्यक्तिगत कामको अलमलले आफ्नो एकाग्रता भत्काउन नदिनुहोस्। आत्मविश्वासले भरिपूर्ण रहनेछ तर केही अज्ञात भयले सताउनेछ।
सिंह राशि : पारिवारिक समस्या आफ्नो जीवनसाथीसँग साझा गर्नुहोस्। एकअर्कालाई फेरि राम्रोसँग चिन्न र मायालु जोडीको रूपमा आफ्नो छविलाई अझ बलियो बनाउन एकअर्कासँग थोरै समय बिताउनुहोस्। तपाईका सन्तानहरूले पनि घरमा सुख शान्तिको वातावरण महसुस गर्न सक्नेछन्।
कन्या राशि : आजको दिन तपाईको लागि राम्रो रहनेछ। कतिपयले सोचेभन्दा बढी फाइदा उठाउनेछन्। प्रेमसाथीको लागि आजको दिन राम्रो रहनेछ। थोरै मिहिनेतले मनग्य धन आर्जन गर्ने अवसर मिल्नेछ ।
तुला राशि : आज तुला राशिका व्यक्तिहरूले भाग्यमा भन्दा कडा परिश्रममा जोड दिनुपर्छ, विभिन्न स्रोतबाट लाभ मिल्ने संकेत देखिन्छ । जीवनसाथीले तपाईलाई खुशी पार्न हरसम्भव प्रयास गर्नेछन्। बिग्रिएको काम बन्नेछ र दिन दुई गुणा– रात चौगुणाले प्रगति हुनेछ ।
वृश्चिक राशि : काममा तपाईको गतिले लामो समयदेखि चलिरहेको समस्या समाधान हुनेछ। तपाईको खर्चमा वृद्धि हुनेछ, जुन तपाईका लागि समस्या साबित हुन सक्छ। पारिवारिक क्षेत्रमा केही समस्याको सामना गर्नु पर्नेछ तर परिवारका अन्य सदस्यको सहयोगले समस्या समाधान गर्न सकिनेछ।
धनु राशि : आज तपाईको मन प्रसन्न रहनेछ। कुनै कानूनी मामिलामा ठूलो सहयोग मिल्नेछ। तपाई परिवारका सदस्यहरूसँग किनमेल गर्न जान सक्नुहुन्छ। परिवारमा सबैको मनोकामना पूरा गर्न सफल हुनुहुनेछ। अरुलाई सहयोग गर्ने अवसर मिल्नेछ ।
मकर राशि : आज धेरै कामका कारण परिवारका सदस्यहरूलाई धेरै समय दिन सक्नुहुने छैन। तपाईको प्रियलाई तपाईको विश्वास र वाचा चाहिन्छ। ती मानिसहरूलाई नजर राख्नुहोस् जसले तपाईलाई गलत बाटोमा लैजान सक्छन्। कसैलाई पनि मद्दत गर्नुपर्ने हुन सक्छ र तपाई उसलाई मद्दत गर्न तयार हुनुहुनेछ।
कुम्भ राशि : जीवनसाथी खुशी हुनेछन् । आर्थिक रूपमा, तपाईले एक स्रोतबाट मात्र लाभ प्राप्त गर्नुहुनेछ। घरमा उल्लासको वातावरणले तपाईको तनाव कम गर्नेछ। तपाई पनि यसमा पूर्ण रूपमा सहभागी हुनुहोस् र केवल दर्शक मात्र नबन्नुहोस्।
मीन राशि : आज साँझसम्ममा केही शुभ समाचार प्राप्त हुन सक्छ। घरमा खुशीको वातावरण बन्न सक्छ। समाजका मानिसहरू तपाईलाई घरमा भेट्न आउन सक्छन्। यो राशिका विवाहितहरुको लागि आजको दिन राम्रो रहनेछ । जीवनसाथी तपाईको कामबाट खुसी हुनेछन्।