काठमाडौं । एक महिलाले श्रीमानसँग बस्नका लागि अनौठो सर्त अगाडि सारेकी छिन् ।
श्रीमानले आमा र बहिनीको नम्बर ब्लक गरेपछि मात्रै उनीसँग बस्न तयार महिला राजी भएकी हुन् । श्रीमान चार महिनासम्म बहिनीको घरमा पनि जान नपाउने भएका छन् ।
भारत, उत्तर प्रदेशमा रहेको मुरादाबादको महिला उत्थान केन्द्रमा परामर्शपछि दुवै पक्षबीच सहमति भएको हो । त्यसपछि ती महिला आफ्नो श्रीमानसँग घर गएकी हुन् ।
माझोलाको करुला निवासी एक महिलाले एसएसपी कार्यालयमा निवेदन दिएकी थिइन्, जसमा आठ वर्षअघि फर्ममा काम गर्ने युवकसँग विवाह गरेको कुरा उल्लेख छ । श्रीमान् श्रीमती छोराछोरीसहित भाडाको घरमा बस्छन् ।
बहिनी र आमाको उक्साहटमा लागेर श्रीमानले आफूमाथि कुटपिट गरेका थिए । घरखर्चका लागि पैसा मागेपछि श्रीमान् घर छाडेर बहिनीको घर जान्थे । श्रीमानले आफ्नो व्यवहार परिवर्तन नगरे सम्बन्ध विच्छेद गर्ने महिलाको धम्की थियो ।
महिलाको उजुरी नारी उत्थान केन्द्रमा पठाइयो । त्यहाँ दुवै पक्षलाई परामर्श दिएपछि सहमतिनिर्माण भएको हो । महिलाले घरमा दुई जनाबीच झगडाको कारण श्रीमानको बहिनी र आमा भएको बताइन् ।
यदि श्रीमानले आफ्नी आमा र बहिनीसँग आउजाउ गर्नुका साथै फोनमा भए पनि कुरा गरे सँगै नबस्ने कुरा खुलस्त पारेकी थिइन् । श्रीमानले आफ्नी आमा र बहिनीसँग आइन्दा कुरा नगर्ने बताए । त्यसपछि महिलाले श्रीमानलाई आमा र बहिनीको मोबाइल नम्बर ब्लक गर्न भनिन् ।
श्रीमानले दुबैको नम्बर ब्लक गरिदिए । अनि उनी श्रीमानसँग बस्न राजी भइन् । नारी उत्थान केन्द्रका इन्चार्ज सन्दीपा चौधरीले परामर्शपछि दुवै पक्षबीच सहमति भएको बताइन् । श्रीमान श्रीमती सँगै बस्न राजी भएका हुन् ।