काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) फेरि उच्च गतिमा फैलिरहेको छ ।

विश्वभरी नै संक्रमणको दर बढिरहेका बेला भारतमापनि संक्रमण उच्च दरमा छ । संक्रमण तिव्र फैलिएपछि भारतको केरला सरकारले सबै सार्वजनिक स्थान, कार्यस्थल र जमघटमा मास्क लगाउन अनिवार्य गरेको छ।

केरला सरकारले भर्खरै जारी गरेको आदेशमा कोरोनाको फैलावटलाई नियन्त्रण गर्न सामाजिक दूरी सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न पनि निर्देशन दिएको छ।

यसका साथै सरकारले पसल, थिएटर र विभिन्न कार्यक्रमका आयोजकहरूलाई भाइरसबाट मानिसहरूको सुरक्षा सुनिश्चित गर्न हात धुने र सेनिटाइजरको व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

देशभर कोभिड–१९ का केसहरू बढ्दै गइरहेको छ । जारी गरिएको आदेश राज्यका सबै भागहरूमा कडाइका साथ लागू हुनेछ ।

सम्बन्धित खबरहरु