काठमाडौं । आमाका अगाडि एक छोरी बलात्कृत भएकी छिन् । भारत, गाजियाबादको नगर कोतवाली क्षेत्रमा यस्तो घटना देखा परेको हो । त्यहाँ भाडाको घरमा बस्ने १६ वर्षीया किशोरीलाई बी.कम दोस्रो वर्षमा अध्ययनरत तीन विद्यार्थीले सामूहिक बलात्कार गरेका हुन् ।

तीनै विद्यार्थीले पहिले किशोरीको अश्लील भिडियो बनाएका थिए । त्यसपछि पाँच महिनासम्म उक्त भिडियो भाइरल बनाउने धम्की दिएर बलात्कार गरेका हुन् ।

बालिकाकी आमाले तीनै विद्यार्थीविरुद्ध महानगरीय प्रहरी चौकीमा उजुरी दिएकी छन् । प्रहरीले तीनै जनालाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । जानकारी अनुसार ती किशोरी सुल्तानपुर निवासी हुन् ।

आफू परिवारसँग भाडामा बसेको कुरा उनले उजुरीमा उल्लेख गरेकी छिन् । सोही घरको दोस्रो तल्लामा बुलन्दशहरका तीन जना केटाहरू पनि भाडामा बस्छन् । तीनै जना गाजियाबादको कलेजमा पढ्छन् ।

बालिकाकी आमाले शुक्रबार राति आँखा खोल्दा छोरीलाई कोठामा भेटिनन् । उनी छोरी खोज्दै छतमा गइन् । उनले छोरीलाई अर्कै कोठामा आपत्तिजनक अवस्थामा देखिन् । आफ्नी छोरीलाई ती केटाहरूले ब्ल्याकमेल गरेर कोठामा बोलाएको आमाको भनाई छ ।

त्यसपछि उनले यसबारे प्रहरीलाई जानकारी दिइन् । प्रहरीले घटनास्थलमा पुगेर तीनै जनालाई नियन्त्रणमा लियो । प्राप्त जानकारी अनुसार किशोरीको परिवार पाँच वर्षदेखि त्यहीँ भाडाको घर बस्दै आएको छ ।

अर्कोतिर विद्यार्थी सात महिनाअघि मात्रै भाडामा बस्न थालेका हुन् । किशोरीले पाँच महिनाअघि ती विद्यार्थीसँग आफ्नो परिचय गरेकी थिइन् । चिनजानपछि उनलाई एकदिन उनीहरूले कोठामा बोलाए, अश्लील हर्कत गर्दै किशोरीको भिडियो पनि बनाए ।

त्यसपछि सो भिडियो भाइरल बनाउने धम्की दिएर बलात्कार गर्न थालेका हुन् । कसैलाई भनेमा मार्ने धम्की पनि दिएको किशोरीले प्रहरीलाई बताइन् । उनले आफ्नो र परिवारको मानहानिको डरले कसैलाई केही भनिनन् । प्रहरीका अनुसार आरोपी सबैको मोबाइल पनि चेकजाँच भइरहेको छ । अनुसन्धानपछि थप कारबाही गर्ने प्रहरीले जानकारी गरायो ।

सम्बन्धित खबरहरु