धार्मिक ब्यूरो । हिन्दू धर्ममा हवनलाई शुद्धिकरणको अनुष्ठान मानिन्छ। पूजा गर्दा हवन नगरे पूजा अधुरो हुने जनविश्वास छ ।

हवन गर्दा मन शान्त रहन्छ र ग्रह दोष पनि हट्छ। हवन गर्दा वास्तुदोषबाट पनि मुक्ति मिल्छ। हवनले पृथ्वी र जगतलाई नै फाइदा पुग्ने विश्वास गरिन्छ ।

हवनमा वैज्ञानिक तर्क
हवनको पछाडि वैज्ञानिक तर्क पनि छ। हवन गर्दा वातावरण शुद्ध हुन्छ। यसमा प्रयोग गरिएका वस्तुहरू लाभदायक छन्। हवनबाट निस्कने धुवाँले धेरै प्रकारका रोग निको हुन्छ । वायुमण्डलको हानिकारक ब्याक्टेरियाहरू हटाइदिन्छ।

स्वाहा पछाडि पौराणिक कथा
हवनको समयमा यज्ञ गर्दा स्वाहा उच्चारण गरिन्छ। स्वाहा भन्नुको पछाडि एउटा किंवदन्ती छ।

दक्ष प्रजापतिकी छोरीको नाम स्वाहा थियो भन्ने मान्यता छ । जसको विवाह अग्निदेवसँग भएको थियो । समर्पित प्रसाद स्वाहा र अग्नि देव मार्फत देवताहरु सम्म पुग्छ भन्ने विश्वासले स्वाहा भन्ने गरिन्छ ।

सम्बन्धित खबरहरु