नेपाल स्टक एक्सचेन्जमा मंगलबार भएको शेयर कारोबारमा कम्पनीहरुको शेयर मूल्य घट्ने क्रम जारी रह्यो । मंगलबार नै बित्तीय बिबरण प्रकाशित गरेका नबिल बैंक, नेपाल एसबीआई बैंक लगायतको मूल्य घट्यो भने नेपाल आबास फाईनान्स, मुक्तिनाथ बिकास बैंक लगायतको मूल्य बढ्यो ।
यस दिन सेन्चुरी बैंकले २५ प्रतिशत हकप्रदको सूचनासहित साधारणसभाको सूचना आए पनि शेयर मूल्य घटी कारोबार रकममा भने अग्रता हासिल गर्यो ।
समग्र बजार ३ अंकले घट्दा नेप्से ९८७ मा झर्यो भने ३२ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।