काठमाडौं । आमाका कारण एक छोराले ज्यान दिएका छन् ।

भारत, उत्तर प्रदेश, झाँसीमा आमाले प्रेमविवाह गरेपछि दुःखी भएका छोराले विष सेवन गरी आत्महत्या गरेका हुन् । तर मृतकका हजुरबुवाले बुहारीमाथि गम्भीर आरोप लगाएका छन् ।

मृतक सुरेन्द्रका हजुरबुवा सीतारामका अनुसार बुहारीको अवैध प्रेम सम्बन्धमा परिवारले आपत्ति जनाइरहेको थियो । तर उनले कसैको कुरा सुनिनन् । सुरेन्द्र आमाका लागि बाधक बनिरहेका थिए ।

सोहीकारण बुहारीले प्रेमीसँग मिलेर नातिको हत्या गरेको उनले आरोप लगाएका छन् । पोष्टमार्टमबाट सुरेन्द्रकी आमा घर पुगे पनि ससुराले भित्र पस्न दिएनन् ।

अर्कोतर्फ मौरानीपुरका प्रहरी निरीक्षकका अनुसार उजुरी अहिलेसम्म दर्ता भएको छैन् । मृतक सुरेन्द्रकी आमाले शुक्रबार महिला अदालतमा प्रेमीसँग अदालती विवाह गरेकी थिइन् ।

यसबीच छोराले घरमै विष सेवन गरे । उनको अवस्था बिग्रँदै गएपछि परिवारका सदस्यले मेडिकल कलेज लगे, त्यहाँ शनिबार बिहान उनको मृत्यु भयो । युवकका बुवाको १० वर्षअघि मृत्यु भैसकेको थियो ।

करिब १० वर्षअघि सुरेन्द्रका (१९ वर्ष) का बुवा बिहारीलालको मृत्यु भएको थियो । छोरासहित तीन दिदीबहिनीलाई हुर्काउने जिम्मेवारी आमा उषादेवी (३४ वर्ष) को काँधमा आयो ।

उषा छोराछोरी लिएर मौरानीपुर आइन् । मजदुरी गरेर चारै बालबालिकाको हेरचाह गर्न थालिन् । त्यहीँ क्रममा मथुपुरा बस्ने २५ वर्षीय युवक राजुसँग उनको चिनजान भयो । दुईबीच प्रेम सम्बन्ध थियो । सुरेन्द्रले यो कुरा थाहा पाएपछि विरोध गर्न थाले । त्यसपछि उषाले राजुसँग बिहे गर्ने कुरा गरिन् । सुरेन्द्र भने यसमा सहमत थिएनन् ।

सुरेन्द्रको विरोधबीच आमा विगत तीन महिनादेखि मथुपुरामा राजुसँग बस्दै आएकी थिइन् । यो कुराबाट सुरेन्द्रलाई निकै रिस उठ्यो । आमा राजुसँगै शुक्रबार अदालती विवाह गर्न जाँदै थिइन् । सुरेन्द्रले यो कुरा थाहा पाएपछि आमालाई सम्झाउन मथुपुरा पनि गएको खुलेको छ ।

त्यहाँ उनको आमासँग झगडा भयो । त्यसपछि मौरानीपुर आएर घरमै विष सेवन गरेका हुन् । केही समयपछि उनको अवस्था बिग्रन थाल्यो । आत्तिएर परिवारले उनलाई मेडिकल कलेज लग्यो । तर सुरेन्द्रको शनिबार बिहान निधन भयो । आमासहित दिदीबहिनी पोष्टमार्टम गर्ने ठाउँमा पुगेका थिए ।

त्यहाँ रुँदा रुँदै उनको अवस्था खराब भएको थियो । आमा उषा छोरालाई सम्झेर रोइरहेकी थिइन् । प्रहरीले शव पोष्टमार्टम गरी परिवारलाई बुझाएको छ ।

बाहिर आएको जानकारी अनुसार सुरेन्द्रकी आमाले दोश्रो बिहे गर्न लागेको कुरालाई लिएर साथीहरूले उनलाई जिस्काउने गर्थे । उनले यो कुरा आमासँग पनि साझा गरेका थिए ।

राजुको जात पनि फरक थियो । यसबाट पनि सुरेन्द्र खुःशी थिएनन् । यी सबै कुरालाई लिएर उनको आमासँग झगडा भएको थियो । त्यसपछि घर आएर विष सेवन गरेका हुन् ।

 

सम्बन्धित खबरहरु