काठमाडौं । आफूलाई शाही परिवारको बताउने एकजनाले ठूलो रकम ठगेका छन् ।
राजधानीको पाँचतारे होटललाई उनले झण्डै ४० लाख रुपैयाँ ठगेका हुन् । होटललाई लाखौं रुपैयाँ चुना लगाएर एक व्यक्ति फरार भएका हुन् । अहिले भारत, दिल्ली प्रहरीमा उजुरी पनि परेको छ ।
करिब २३ लाख रुपैयाँको बिल नतिरिकन अभियुक्तले लीला होटल दिल्लीलाई ठगेका हुन् । उनले आफूलाई अबुधाबीको शाही परिवारको कर्मचारी भन्दै चिनाएका थिए ।
सो दाबी गर्दै ती व्यक्ति होटलमा बसेका थिए । दिल्लीको पाँच तारे होटल लीला प्यालेसमा महिनौंसम्म रमाइलो गरेपछि उनी अचानक बेपत्ता भएपछि कुरा प्रहरीसम्म पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार आरोपीको नाम मोहम्मद शरीफ हो ।
गत वर्ष अगस्ट १ मा शरीफले लीला प्यालेस होटलमा चेक इन गरेका थिए । तर २० नोभेम्बरसम्म होटलमा बसेका उनी अचानक कसैलाई जानकारी नदिई भागेका हुन् । तीन महिनाभन्दा बढीको बिल करिब भारु ३५ लाख (५६ लाख रुपैयाँ भन्दा धेरै) आयो ।
यसमध्ये उनले करिब ११.५ लाख भारु रुपैयाँ तिरेका थिए । बाँकी २३–२४ लाख रुपैयाँ नदिई फरार भएका हुन् । ती व्यक्तिले होटलको कोठाबाट बहुमूल्य सामानहरू पनि चोरेको आरोप लगाइएको छ । उनले चाँदीको भाँडा र मोती ट्रे जस्ता सामान लिएर गएका छन् ।
उजुरी अनुसार शरीफले होटलका अधिकारीहरूलाई आफू संयुक्त अरब इमिरेट्समा बस्ने र अबु धाबीको शाही परिवारका सदस्य शेख फलाह बिन जायद अल नाह्यानको कार्यालयमा काम गर्ने बताएका थिए ।
आफू औपचारिक कामका लागि भारत आएको पनि उनले जानकारी गराए । आरोपितले होटलमा नक्कली व्यवसायी कार्ड, युएई स्थायी बसोबासको कार्ड र अन्य कागजात पेश गरेका थिए, जसको अनुसन्धान प्रहरीले गरिरहेको छ ।
उजुरीमा भनिएको छ, ‘मानिस होटलको ४२७ नम्बर कोठामा महिनौंसम्म बसे । २० नोभेम्बर २०२२ मा उनी होटलबाट बहुमूल्य सामानहरू लिएर भागेका थिए । उनले युएईमा रहेको आफ्नो काम र जीवनका बारेमा होटलका कर्मचारीलाई पनि सुनाउँथे ।
आरोपीले होटलका कर्मचारीलाई २० लाख रुपैयाँको चेक पनि दिएका थिए, जसको अन्तिम मिति २० नोभेम्बर थियो ।’
होटल सञ्चालकको उजुरीका आधारमा आरोपित शरीफविरुद्ध जनवरी १४ मा शनिबार जालसाजी र चोरीको मुद्दा दर्ता गरेर शरीफलाई खोज्दै प्रहरीले अनुसन्धान थालेको छ ।