काठमाडौं । जीवनमा कुनै न कुनै समयमा तपाईले एक-पटक वा पटक-पटक परीक्षा दिनु भएको हुनुपर्छ ।

यसबीच विश्वका सबैभन्दा कठिन परीक्षहरूबारे चर्चा सुरु भएको छ । गहन अनुसन्धानपछि, एरुडेराले संसारमा सबैभन्दा कठिन परीक्षाहरूको सूची निकालेको छ ।

मुख्यतया पाठ्यक्रम, उर्तीण दर र प्रतिस्पर्धा जस्ता कुराहरूलाई विचार गर्दै, एरुडेराले चीनको गाओकाओ परीक्षादेखि क्यालिफोर्निया बारको परीक्षासम्मलाई चर्चाको विषय बनाएको छ । सन् २०२३ मा संसारका सबैभन्दा कठिन १० परीक्षाहरूको सूची जारी भएको छ ।

एरुडेराले भनेको छ, ‘परीक्षाको कठिनाई स्तर वस्तुगत जत्तिकै व्यक्तिपरक छ, हामीले हाम्रो अनुसन्धानलाई ठोस घटकहरूमा केन्द्रित गरेका छौं ।’ १० शीर्ष कठिन परीक्षाहरूको सूची हेर्नुहोस्

गाओकाओ परीक्षा–चीन
यसको परीक्षा अवधि ९ घण्टाको हुन्छ । यसमा विद्यार्थी उर्तीण वा अनुत्तीर्ण केही हुँदैन् । तर यस परीक्षामा आएको नतिजाका आधारमा विद्यार्थीले उच्च शिक्षा (कलेज) कहाँबाट लिन पाउँछ भन्ने कुरा स्पष्ट हुन्छ ।

चीनमा हरेक बर्ष एक करोड २० लाख भन्दा धेरै १६ देखि १८ वर्षका स्कुल उर्तीण विद्यार्थीहरूले यो परीक्षा दिन्छन् । कतिपयको नतिजा एकदम खराब भयो भने उनीहरू कलेज पढ्न पाउँदैनन्, अर्को वर्ष पुनः परीक्षा दिनुपर्छ ।

आईआईटी जेईई परीक्षा (संयुक्त प्रवेश परीक्षा–भारतीय टेक्नोलोजी संस्थान)
जेईई संयुक्त प्रवेश परीक्षा हो, यो भारतभरका विभिन्न कलेजहरूबाट इन्जिनियरिङ अध्ययन गर्न खोज्ने उम्मेद्वारहरूको लागि आयोजित राष्ट्रिय प्रवेश परीक्षा हो ।

आईआईटी भनेको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हो । यसमा उर्तीण भएर विद्यार्थील भारतका सबैभन्दा प्रतिष्ठित कलेजहरूमा इन्जिनियरिङ पढ्न पाउँछन् । यसमा अहिले वर्षमा १० लाख विद्यार्थी सहभागी हुन्छन् भने अवधि तीन घण्टा हुन्छ ।

यूपीएससी परीक्षा (संघ लोक सेवा आयोग)
संघ लोक सेवा आयोग, सामान्यतया यूपीएससीको रूपमा चर्चित छ । यूपीएससी परीक्षा भारत सरकार अन्तर्गत सबै समूह ‘ए’ अधिकारीहरूको भर्तीको लागि लिइन्छ । यसको परीक्षा अवधि दुई देखि तीन घण्टा हुन्छ । यसमा हरेक वर्ष पाँच लाख जत्ति विद्यार्थी सहभागी हुन्छन् ।

मेन्सा परीक्षा
एक देखि दुई घण्टा चल्ने परीक्षामा बौद्धिक स्तर परीक्षण हुन्छ । यो मूल रूपमा इङ्गल्याण्डमा चर्चित भए पनि भारतसहित विश्वभरबाट परीक्षा दिन मिल्छ । यसमा एक लाख ३४ हजार भन्दा धेरै परीक्षार्थीहरू हरेक वर्ष सहभागी हुन्छन् ।

जिआरए (स्नातक रेकर्ड परीक्षा)
यो परीक्षा संयुक्त राज्य अमेरिका र क्यानडामा लिइन्छ । तीन घण्टा ४५ मिनेटसम्म संचालन हुन्छ । स्नातक रेकर्ड परीक्षा एक मानकीकृत परीक्षा हो, जुन संयुक्त राज्य अमेरिका र क्यानडासँगै अन्य केही देशहरूमा धेरै स्नातक पढाउने विद्यालयहरूमा प्रवेश गर्नका लागि दिनुपर्छ ।

जिआरए शैक्षिक परीक्षण सेवाद्वारा स्वामित्व र प्रशासित हुन्छ । यसमा हरेक वर्ष ७ लाख विद्यार्थीहरूले परीक्षा दिन्छन् ।

अन्य परीक्षाहरू निम्नानुसार रहेका छन्

  • सीएफए (चार्टर्ड वित्तीय विश्लेषक)–संयुक्त राज्य अमेरिका र क्यानडामा पहिले सुरु भयो ।
  • सीसीआइसी (सिस्को प्रमाणित इन्टरनेटवर्क विशेषज्ञ)–संयुक्त राज्य अमेरिका
  • जीएटीए परीक्षा (इन्जिनियरिङमा स्नातक योग्यता परीक्षण) –भारत
  • यस्एमएसएलइ परीक्षा (संयुक्त राज्य मेडिकल लाइसेन्सिङ परीक्षा)–संयुक्त राज्य अमेरिका
  • क्यालिफोर्निया बार परीक्षा–संयुक्त राज्य अमेरिका

सम्बन्धित खबरहरु