काठमाडौं । चीनका एक पुरुषले आफ्नी प्रेमिकामाथि गम्भीर आरोप लगाएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार गुओ मध्य चीनको हेनान प्रान्तका बासिन्दा हुन् । उनी प्रेममा परे ।
उनले महिलालाई डेट गर्न थाले । सुरुमा उनलाई प्रेमिका आफ्नै उमेरकी हुन जस्तो लाग्थ्यो । तर पछि कुरा खुल्दा उनी हैरान भए । प्रेमिका उनको उमेरकी थिइनन् । उनी करिब १४ वर्ष जेठी थिइन् । महिलाको छोराको विवाह भइसकेको थियो । छोराको पनि सन्तान हुन लागेको थियो ।
यो सबै जानेर गुओ छक्क परे । ३१ वर्षीय गुओले आफ्नी प्रेमिकामाथि ‘लभ फ्रड’ अर्थात मायामा धोकाको आरोप लगाएका छन् । अक्टोबर २०२२ मा भेट भएपछि महिलालले आफू सन् १९९२ मा जन्मेको बताइन्, जसअनुसार उनको उमेर ३०–३१ वर्ष हुनुपर्ने थियो । कुरा अगाडि बढ्यो ।
दुईबीचको प्रेम सम्बन्ध घनिष्ट भयो, गुओले ती महिलालाई आफ्नो गृहनगरमा आफ्नो परिवारलाई भेट्न पनि लगे, त्यहाँ दुवैले करिब २ हप्ता एकसाथ बिताए । परिवारलाई भेटेपछि, गुओले आफ्नो सम्बन्ध पुष्टि भएको महसुस गरे र चाँडै विवाह गर्ने निर्णयमा पुगे ।
तर डिसेम्बर ९, २०२२ को बिहान गुओको घरबाट आएको फोनले उनलाई आश्चर्य र निराशाले भरिदियो । यो फोन गुओकी आमाको थियो, जसका अनुसार उनको छोराकी प्रेमिकाको वास्तविक उमेर ४४ वर्ष हो ।
साथै उनको २० वर्षको छोरा पनि छ । ती महिलाको २० वर्षीय छोरा विवाहित भएर बाबु बन्न लागेको कुरा थाहा पाएपछि अवस्थाले झनै खराब मोड लियो । यसको मतलब गुओको सम्भावित दुलही हजुरआमा बन्न लागेकी थिइन् ।
उक्त फोन गुओकी आमाको थियो, संयोगवश महिलाको गाउँमा उनका अफन्त थिए । गुओकी आमाले नै आफ्नो बुहारी ४४ वर्षको भएको र उनका २० वर्षका छोरा पनि भएको पत्ता लगाएकी हुन् । छोरा बिहे भैसकेको थियो र ती महिला हजुरआमा बन्ने तयारीमा थिइन् ।
यो सुनेपछि गुओले महिलासँगको आफ्नो सम्बन्ध तोडिदिए । यो कुरा बाहिर आएपछि गुओले आफ्नी प्रेमिकामाथि धोकाको आरोप लगाएका छन् । महिला आक्रोशित भइन् । जब यो कुरा प्रहरीमा पुग्यो, ती महिलाले अधिकारीहरूको उपस्थितिमा आफ्नो परिचयपत्र देखाउनुपर्यो ।
त्यसपछि उनको जन्म सन् १९७८ मा भएको पुष्टि भयो । गुओका अनुसार ती महिलाले पटक पटक उनीबाट कुल १०,००० युआन (लगभग २ लाख रुपैयाँ) लिएकी छिन् । प्रहरीले ती महिलालाई कारबाही गर्छ कि गर्दैन भन्ने यकिन भएको छैन ।