काठमाडौं । युक्रेनको राजधानी कीभको बाहिरी भागमा रहेको एउटा बालवाडी नजिकै भएको हेलिकप्टर दुर्घटनामा देशका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् । कीभका क्षेत्रीय गभर्नर ओलेक्सी कुलेबाले दुर्घटनामा १५ जना बालबालिकासहित २९ जना घाइते भएको बताए ।

 

प्रारम्भिक जानकारी अनुसार हेलिकप्टर पहिले किन्डरगार्टन भवनमा ठोक्कियो र त्यसपछि नजिकैको आवासीय भवन नजिकै दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टरमा मन्त्री ड्यानिस मोनास्टिर्स्कीसँग अन्य ८ जना बसेका थिए । दुर्घटना हुँदा अँध्यारो र कुहिरो थियो ।

यस दुर्घटनामा आन्तरिक मामिला मन्त्री र राज्य सचिवको पनि मृत्यु भएको अधिकारीहरुले बताएका छन् । देशका प्रहरी प्रमुखले आफ्नो फेसबुक पोस्टमा हेलिकप्टर युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसको भएको बताए । दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष जलिरहेको भवन नजिकै देखियो ।

सम्बन्धित खबरहरु