काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको यतीको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँच भारतीय थिए । तीमध्ये चार जना उत्तर प्रदेशका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी चारै मृतकका परिवारलाई भारु पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यतीको विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल सरकारले दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ ।

सम्बन्धित खबरहरु