काठमाडौं । नतिजा सुधार गर्न काठमाडौं महानगरपालिकाले ठूलो संख्यामा शिक्षक मागेको छ । महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसईई नतिजा सुधार गर्न २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगी मागिएको हो ।

महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न महानगरले १४५ शिक्षक मागेको हो ।

महानगरले अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगी मागेको छ । विभागले त्यसको लागि खुला विज्ञापन पनि गरेको छ । विभागले गणित, विज्ञान,अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच÷पाँच जना मागेको छ ।

जानकारी अनुसार शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएर सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएको व्यक्ति हुनुपर्छ ।

अर्कोतिर विभागले शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको लागि ६०÷६० जना चाहिएको छ । त्यसका लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव भएको हुनुपर्छ ।

सम्बन्धित खबरहरु