काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको हो ।

भोलि माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धी उक्त प्रस्ताव प्रस्तुत हुँदैछ ।

सम्बन्धित खबरहरु