काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा भएको यु–२२ (२२ वर्षमुनि) बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५७ केजी तौल समूहमा नेपालका मुक्केबाज इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।

बैंककमा आज भएको खेलमा नेपाली मुक्केबाज सुनारले लाओसका खेलाडी सोक्साखुनलाई पराजित गर्दै जित हासिल गरेका हुन् । यसजितसँगै उनी क्वाटर फाइनलमा प्रवेश गरेका छन् । सुनारले अब क्वाटर फाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन् ।

त्यसैगरी नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) तर्फ सेमिफाइनलमा प्रवेश भइसकेका छन् । उनीहरुले क्रमशः इनडनेसिया खेलाडी मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।

सम्बन्धित खबरहरु