धार्मिक ब्यूरो । सुतेपछि सबैले सपना देख्छन् । कतिपयलाई आफ्नो सपना सम्झिन्छन् भने कतिपयले आँखा खोल्ने बित्तिकै बिर्सन्छन् ।
कतिपय सपनाहरू सान्त्वनादायी हुन्छन् भने कतिपय सपनाहरू यति डरलाग्दो हुन्छन् कि यसले व्यक्तिलाई डराउने बनाउछ । सपना शास्त्रका अनुसार व्यक्तिले देखेको सपनाको निश्चित अर्थ हुन्छ ।
विशेष गरी सूर्योदय भन्दा केही घण्टा अगाडि देखिने सपनामा कुनै न कुनै संकेत पक्कै लुकेको हुन्छ जुन भविष्यका लागि राम्रो वा नराम्रो साबित हुन सक्छ । जानौं अशुभ मानिने केही यस्ता सपनाका बारेमा ।
हिलोमा पोतिएकी महिला देखेमा : यदि कसैले सपना देख्यो कि एउटी महिला माटो (हिलो) ले पोतिएकी छिन् । यस्तो देखिएमा सम्झनुहोस् कि आउँदा दिनमा कुनै ठुलो समस्या आउँदैछ।
आफू झरेको देखें : यदि कुनै व्यक्तिले आफुलाई पतन भएको देख्यो वा ठूलो भीरबाट तल झरेको देख्यो भने बुझ्नुहोस् कि यो नराम्रो दिनको संकेत हो ।
कसैको बेजोडको हाँसो : सपनामा कोही बेजोडले हाँसिरहेको छ भने त्यसको अर्थ तपाईको जीवनमा ठूलो संकट आउन लागेको छ । ख्याल गर्नुहोस् सपनामा अरुको हाँसो तपाईका लागि राम्रो हैन ।
गधामा बसेको : सपनामा गधामा बसेर दक्षिण दिशा तर्फ जाँदै गरेको देखेमा उसलाई मृत्युजस्तै कष्ट हुन्छ । यो सपना देखिएमा अति संकट आउँदैछ भन्ने बुझ्न जरुरी छ ।
चन्द्रमा झरेको : सपनामा चन्द्रमा आकाशबाट झरेको देखेमा अशुभ सपना मानिन्छ । यसको मतलब भविष्यमा कुनै अशुभ घटना घट्न सक्छ।
पानीमा भिजेको देखें : मेघगर्जनसहित पानीमा कसैले भिजेको देख्यो भने उसले भविष्यमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।
उल्लू देखिए : यदि कुनै व्यक्तिले सपनामा उल्लु देख्यो भने यसले आगामी दिनमा आर्थिक नोक्सान भोग्नु पर्ने हुन्छ । यसमापनि सचेत हुन जरुरी छ ।