काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज अर्कोपनि नतिजा प्रकाशित गरेको छ ।

यसअघि बिहानपनि त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ असार २२ गते (6th July 2022 देखि २०७९ असार ३२ (16th July 2022 सम्म सञ्चालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको छैटौं सत्र नियमित परीक्षा – २०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा प्रकाशित भएको थियो ।

अहिले कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाडौंले परीक्षाफल प्रकाशित गरको सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ, यस अध्ययन संस्थानको परीक्षा समितिको बैठकको निर्णयानुसार २०७९ साल भाद्र महिनामा सञ्चालित स्नातकोत्तर तह (२०२१) व्याच (कृषि, पशु चिकित्सा, मत्श्य विज्ञान तर्फ प्रथम बर्ष प्रथम सत्रान्तको नियमित तथा पुनः परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

निम्न परीक्षा रोल नम्बरका परीक्षार्थीहरु आफू सम्मिलत भएको सम्पूर्ण विषयमा उत्तीर्ण घोषित भएका छन् ।

यसैगरी सोही विषयको स्नातकोत्तर तह (२०२०) व्याच दोस्रो बर्ष प्रथम सत्रान्तको नियमित तथा पुनः परीक्षाको परीक्षाफलपनि प्रकाशित गरिएको छ ।

सूचनामा भनिएको छ यस अध्ययन संस्थानको परीक्षा समितिको बैठकको निर्णयानुसार २०७९ साल भाद्र महिनामा सञ्चालित स्नातकोत्तर तह (२०२०) व्याच (कृषि, पशु चिकित्सा, मत्श्य विज्ञान तर्फ दोस्रो बर्ष प्रथम सत्रान्तको नियमित तथा पुनः परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

निम्न परीक्षा रोल नम्बरका परीक्षार्थीहरु आफू सम्मिलत भएको सम्पूर्ण विषयमा उत्तीर्ण घोषित भएका छन् ।

सम्बन्धित खबरहरु