काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख आफ्नो भागमा पर्ने स्पष्ट पारेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफूहरूले पाउने सहमति भएको बताउनु भएको हो । बिहीबार प्रतिनिधि सभाको बैठकपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभयो ।

सत्ता गठबधनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको उहाँको भनाई थियो । सोविता गौतमको नाम चर्चामा भएपनि कसलाई उम्मेदवार बनाउने भन्ने कुरा शुक्रबार टुंग्याउने तयारी रास्वपाको छ । पुरूष सभामुख भएपछि उपसभामुखको लागि महिला उम्मेदवार छान्नुपर्ने कुरा पनि लामिछानेले बताउनुभयो ।

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । सभामुख नेकपा एमालेले पाएको छ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनु भएको हो ।

सम्बन्धित खबरहरु